• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या, ७ जना पक्राउ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २५, २०७८
0

२५ चैत, जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा बालकको हत्या भएको छ ।

मलगंवा नगरपालिका १२ गम्हरिया बस्ने दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो ।आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
आकाश वेपत्ता भएको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको परिवारसँग फेसबुक म्यासेन्जरमार्फत् १५ लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीको दाबी छ ।

आकाश वेपत्ता भएपछि साउदी अरबमा रहेका उनका मामा पर्नेको म्यासेन्जरमा फिरौती मागेर सन्देश पठाएको पाइयो’, सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले भने, ‘आकाश चाहिन्छ भने तुरुन्त १५ लाख पठाइदेऊ भनेका रहेछन् ।
उनीहरुले मागेको रकम तत्कालै नपाउँदा सात जना मिलेर बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको बुढाथोकीले बताए ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक पनि नगरेको छ । उनीहरुलाई पक्रेर सोधपुछ गर्दा आकाशलाई जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगेर हत्या गरेको स्वीकारेका डीएसी बुढाथोकीले बताए ।

‘उनीहरुले बालकको हत्या गरी प्लाष्टिकको बोरा भित्र शव राखेर जगदीशकै शौचालयको सेप्टिक टंयाकी भित्र हालेको देखियो’, बुढाथोकीले भने ।

पक्राउ पर्नेमा मलंगवा १२ गम्हरिया बस्ने ६० वर्षीय जगदीशसहित, उनका छोरा २१ वर्षीय कृष्ण ठाकुर, कृष्णकी १८ वर्षीया पत्नी निरुता शर्मा तथा २५ वर्षीय संगिता बडही, ५० वर्षीय नेवा ठाकुर, करियकबा भनिने सुनिल बडही र वडा नं. ११ बस्ने २१ वर्षीय राकेश ठाकुर रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको बुढाथोकीले बताए ।

सम्बन्धित Posts

डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते
देश/राष्ट्रिय

स्कारपियो दुर्घटना हुदाँ महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु

फाल्गुन १०, २०८१
बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे
देश/राष्ट्रिय

बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे

फाल्गुन ५, २०८१
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते
देश/राष्ट्रिय

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते

फाल्गुन ३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग