• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

रित्तियो आयल निगमको सरकारी कोष

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २६, २०७८
0
रित्तियो आयल निगमको सरकारी कोष

काठमाडौं, चैत २६। नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए ।

‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने ।

उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको भाउ लगातार बढेर भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकमसमेत पठाउन नसकिएकाले बाध्यतावश निगमले यो कोषको रकम चलाउनुपरेको उनले बताए । कार्कीले भारतीय आयल कर्पोरेसनले मागेको बेला यहाँबाट रकम नपठाए उसले इन्धन दिनै बन्द गर्ने भएकाले निगमले यो कोषको रकम चलाउनुपरेको प्रस्ट पारे ।

भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकम आपूmहरूले निरन्तर पठाइरहेको निगमले जनाएको छ । सोहीअनुरूप निगमले शुक्रबार मात्र भारतीय आयल कर्पोरेसनलाई १९ अर्ब ४७ करोड रुपैयाँ पठाएको छ । जसमा ४ अर्ब २० करोड रुपैयाँ यही मूल्य स्थिरीकरण कोषबाट झिकेर पठाइएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी रकम भुक्तानी गर्न नपुगेपछि सरकारी कोषबाट सो रकम झिकेर पठाएको निगमले बताएको छ ।

निगमले हाल मासिक ९ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी रहेको जनाएको छ । दैनिक व्यापार घाटा बढेको भन्दै निगमले पछिल्लो डेढ महिनायता हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । राजधानी दैनिकबाट

सम्बन्धित Posts

डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते
देश/राष्ट्रिय

स्कारपियो दुर्घटना हुदाँ महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु

फाल्गुन १०, २०८१
बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे
देश/राष्ट्रिय

बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे

फाल्गुन ५, २०८१
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते
देश/राष्ट्रिय

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते

फाल्गुन ३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग