• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

आज देश भर सहिद दिवस मनाइँदै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ १६, २०८१
0
आज देश भर सहिद दिवस मनाइँदै

काठमाडौं: प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ ।

 

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगेर ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

 

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

 

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट शहीद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

 

सम्बन्धित Posts

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक
अन्तराष्ट्रिय

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक

भदौ २५, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
देश/राष्ट्रिय

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

असार २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
देश/राष्ट्रिय

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

जेष्ठ २२, २०८२
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
देश/राष्ट्रिय

राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

जेष्ठ २१, २०८२
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग