डडेल्धुरा : स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा बिभिन्न पार्टी र स्वतन्त्र तर्फका उमेदवारहरुले उमेदवारी घोषणा गर्दैछन् । सोहि क्रममा डडेल्धुराको आलिताल गाउँ पालिका वार्ड नं ६ का बिष्णु बिष्टले पनि आफ्नो वडामा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने उद्घोष गरेका छन ।
माओवादी केन्द्रका प्रदेश सदस्य र वाइसिएल नेपाल आलिताल गाउँपालिकाका इञ्चार्ज तथा वार्ड नं ६ का पार्टी अध्यक्ष समेत रहेका बिष्टले केही महिना पहिला माओबादी केन्द्रबाट उम्मेद्बारी दिने कुरा आए पनि आज सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो स्वतन्त्र उम्मेद्बारी घोषणा गरेका हुन ।
सो विषयमा हामिले उनलाई टेलिफोन सम्पर्कबाट सोध पुछ गर्दा उनले भने “म हाम्रो पार्टीमा रुष्ट छु कारण एमसिसि र प्रचण्डको परिवारवाद चरम सत्ता स्वार्थ हो । उनि यसैमा रमाई रहेका छन । तलका कार्यकर्ता को मनोवाभ बुझ्दैनन । त्यसैले युवा अब स्वतन्त्र भएर अगाडि बढ्नु पर्छ भन्ने सोचका साथ मैंले उमेदवारी दिने निर्णय गरेको हु । हाम्रा पार्टी अध्यक्ष कम्रेड प्रचण्डले एमसिसिको बिषयमा हामी वाइसिएल हरुलाई शुरु शुरुमा सडक उतारेर बिद्रोह गर्न लगाए ।
एमसिसि बिरुद्ध सडक संघर्ष गरेऊ तर उता आफुले सदनमा भने दक्षिणपन्थी तत्वहरूसंग अनैतिक गठबन्ध गरेर एमसिसि पास गरि राष्ट्रियता सार्वभौमिकता र नेपाली जनता माथि ठूलो कुठाराघात गरेको बताए । आफ्ना पार्टीका क्रान्तिकारी एजेण्डा छोड्दै संसदीय व्यवस्थाको दलदलमा लिप्त भएर जनतामाथि ठूलो धोका समेत दिइरहेको उनले बताए । साथै त्यति मात्र नभएर आफुले पार्टीमा नलागि पनि आफ्नो गाउँ ठाउँको बिकास गर्न सकिन्छ भन्ने सोचका साथ मैंले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका उनले बताए ।
हाल सम्म पार्टीबाट राजिनामा भने उनले दिएका छैनन् सो विषयमा हामिले प्रश्न गर्दा उनले पार्टीका सबै जिम्मेवारीबाट यथासिघ्र बिज्ञप्ति मार्फत राजिनामा दिने समेत बताएका छन् ।
