डडेल्धुरा: डडेल्धुराको आलितालमा पछिल्लो समय जनप्रतिनिधिहरु बिच लफडा हुन थालेको छ।
चार जना वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्य सहितको हस्ताक्षरमा शनिबार एक प्रेस विज्ञप्ती जारी गरेका छन् । धन बहादुर देउवा, प्रमोद मल्ल, कुम्भर बुढा, कमल बोहरा, कलावती नाथ, करन दमाई, खिमा देवि गिरी र भिमा देवि ओलीले सँयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका हुन ।
विग्यप्तीमा आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की र प्रमुख प्रशासकीय अधिकृतलाई मनोमानी ढंगले कार्य सम्पादन गरेको आरोप लगाइएको छ ।
केही दिन यता कार्यपालिकामा सामान्य विवाद रहदै आएता पनि अब भने आलिताल गाउँपालिकामा कार्यपालिका भित्रको विवाद जनप्रतिनिधिले नै सार्वजनिक गर्न थालेका छन् ।
विज्ञप्तीबारे हामीले आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीलाई बुझ्दा, आफुले यस्तो खाले विज्ञप्ती देख्दा चकित परेको उनि बताउछन् । उनले भने : ‘कार्यपालिकामा कुनै पनि सदस्य ज्युहरुले बिमती जनाउनु भएको छैन। कसैले पनि ‘नोट अप डिसेन्ट’ देखाएका छैनन् । उनले थपे गाउँ सभाको निर्णय र कार्यपालिकाको बैठक पुस्तीका हेर्दा हुन्छ ।’ उहाँहरुले आफ्नो-आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर आफुसँग बाँजिएको पार्की बताउछन् । उनले गाउँसभाको निर्णयकै आधारमा योजना संसोधन गरेर रेडबुक तयार पारिएको र सबै कार्यपालिका सदस्यहरुले त्यसमा सहमति जनाउँदै हस्ताक्षर गरेको बताए। पार्कीले कार्यपालिका सदस्यहरुको उक्त असहमतीमा राजनितिक प्रतिशोध रहेको समेत आरोप लगाए।
उता विज्ञप्ती जारी गर्ने कार्यपालिका सदस्यहरु भने पालिका अध्यक्षको उक्त भनाई झुटो रहेको दावि गर्दै आएका छन् ।
प्रेस विज्ञप्ती: