डडेल्धुरा : आशन्न बैसाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट परशुरामको मेयरमा पाँच जना र उपमेयर पाँच जना आकांक्षी देखीएका छन ।
काँग्रेस वाट परशुरामको मेयर पदमा ५ जना पुरुष र उप–मेयरमा ५ जना महिला आकाक्षी देखीएका हुन ।
नेपाली काँग्रेस पार्टीको तर्फवाट मेयर पदको आकाक्षीमा परशुराम नगरपालिकाका मेयर तथा काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँद, काँग्रेस प्रदेशसभा क्षेत्र (क) का सभापति कैलाश कुमार पाण्डेय, काँग्रेस परशुरामका सभापती भरत वडायर जोशी, काँग्रेस पुर्व जिल्ला कार्य समिति उप–सभापती धर्मानन्द भट्ट र परशुराम नगरपालिका वडा. १२ का निर्वाचित वडा अध्यक्ष गणेश प्रशाद जोशी गरि ५ जना पुरुष आकाक्षी देखीएका छन ।
उहाँहरुले काँग्रेस परशुरामको बैठकमा मेयर पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।
उप–मेयरमा काँग्रेस पार्टीको तर्फवाट ५ जना महिला पनि अगिाडी सरेकाछन ।
काँग्रेस वाट परशुरामको उप–मेयरमा महिला संघ जिल्ला संयोजक, परशुराम नगरपालिकाका उपमेयर , कलावती देबी बोहरा, कार्यपालिका सदस्य तथा काँग्रेस महाधिबेसन प्रतिनिधी हरिना कामी, काँग्रेस महाधिबेसन प्रतिनिधी राजु भट्ट (जोशी) र काँग्रेस जिल्ला कार्य समिति सदस्य बसन्ती पाण्डेयले आशन्न बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उपमेयरको उमेदवारी दिने घोषण गरेका हुन ।
काँग्रेस महिला नेत्री गोपा थापाले पनि नेपाली काँग्रेस पार्टीको तर्फवाट परशुरामको उप–मेयर पदमा उमेदवार रहेको घोषणा गरेकी छन । थापाले समाजिक सञ्जालमा आफु उमेदवार रहेको जानकारी दिईन ।
परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउँद २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट मेयरमा विजयी भएका हुन ।
अर्का आकाक्षी गणेश प्रशाद जोशी पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस वाट वडा.न १२ को वडा अध्यक्षमा विजयी भएका हुन ।
मेयरका आकाक्षी मध्ये मेयर भीम बहादुर साउँद र वडा अध्यक्ष गणेश प्रशाद जोशी जननिर्वाचित भई सकेका पात्र हुन ।
काँग्रेस परशुरामका सभापती, भरत वडायर जोशी, प्रदेशसभा क्षेत्र (क) का सभापती कैलाश कुमार पाण्डेय र धर्मान्द भट्ट पार्टीको अनुभवि नेताका रुपमा रहे पनि जनप्रतिनिधीको स्वाद नचाखेका पात्रहुन ।
पार्टीको तर्फवाट को उमेदवार होला र कसले माओवादी एमाले संग प्रतिस्पर्दा गर्ला भन्ने विषयमा काँग्रेस भित्र छलफल वहस सुरु भएको छ ।
डडेल्धुरा जिल्लाको ठुलो भुगोल, जनसंख्या र बढि मतदाता रहेको परशुराम नगरपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएको छ ।
चुनावी प्रचारमा व्यस्त राजनैतिक दलले पार्टीको आधिकारिक वडा सदस्य वडा अध्यक्ष र मेयर, उपमेयर उमेदवारको भने टुङगो लगाई सकेको छैन ।
नेकपा एमालले परशुराम वडा.न १ मा वडा अध्यक्ष केशव अवस्थी र वडा.न १२ मा हरि प्रशाद जोशी आधिकारिक उमेदवार भएको घोषणा गरि सेकेको छ ।
परशुराम नगरपालिकामा सबै दलले एक आर्को पार्टीका आधिकारिक उमेदवारको टुङगो लाग्ने प्रतिक्षा गरि रहेकाछन ।
तोकीएकै मितिमा चुनाव हुने हो भने आशन्न बैसाख १२ गते उमेदवार टुङगो लागी सक्ने सम्भावना छ भने निर्वाचन अयोगले सूचना सोही अनुसार रहेको छ ।