दार्चुला : नेकपा बहुमतका कर्यकर्ता पक्राउ परेका छन् ।
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा बहुमत निकट युवा संगठन दार्चुलाका जिल्ला समिति सदस्य राजु लुहारलाई आज प्रहरीले पक्राउ गरेको हो । लुहार पक्राउ परेपछि क्रान्तिकारी युवा संगठनले तत्काल रिहा गर्न भने विज्ञप्ती समेत जारी गरेको छ ।
यस्तो भनिएको छ विज्ञप्तीमा :
दलाल संसदिय व्यवस्थाका विरुद्ध बैज्ञानिक समाजवाद स्थापन गर्न आफ्नो जीवन बलिदान गर्न तत्पर संगठन समाजमा ब्याप्त बिकृती बिसङ्गती भ्रष्टाचार तथा कमिसनखोरहरुका विरुद्ध हाम्रो संगठन निरन्तर जनजिबिका सवालमा संघर्षरत रहेको कुरा सबैमा अवगत नै छ ।
यसै सिलसिलामा दार्चुला जिल्लाको शैल्यसिखर नगरपालिका वार्ड न. ९ बस्ने रमेश भट्टले मनकामना कृषि तथा पसुपन्छी फर्मको नाममा आएको बजेट उक्त भट्टले राजनीतिक दलका आडमा व्यक्तिगत रुपमा प्रयोग गरेपछि हाम्रो संगठनले सांकेतिक कार्वाही स्वरुप उक्त फर्ममा कालो व्यानर लगाएको थियो !
हाम्रो संगठनले सांकेतिक कार्वाही पश्चात् भ्रष्ट रमेश भट्टलाई प्रहरी प्रशासनले लगेर अनुसन्धान गर्नुको साटो भट्टलाई सत्ताको आडमा संरक्षण दिदै भ्रष्टाचारका विरुद्ध डटेर संघर्षरत रहेको हाम्रो संगठनका जिल्ला समिति सदस्य कमरेड राजु लुहारलाई दलाल सत्ताको प्रहरी प्रशासनले आज बिहान ०४ बजे जनयुद्धकालिन झझल्को दिदै गिरफ्तार गरेको बिषय प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
गिरफ्तार कमरेड राजुलाई तत्काल विना सर्त रिहाइ गर्न सम्बन्धित निकाय समक्ष पहिलो चरणमा अपिल गर्दछौं ।
गिरफ्तार कमरेड लाई तत्काल रिहाइ नगरे चरणवद्व रुपमा संघर्षमा उत्रिने कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।
साथै दार्चुला जिल्लामा रहेका सम्पूर्ण देशभक्त तथा न्याय प्रेमी युवा शक्तिलाई भ्रष्टाचार तथा कमिसनखोरहरुका विरुद्ध संघर्षमा उत्रिन अनुरोध गर्न चाहन्छौं ।