धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन शुक्रबार भयो तर आफ्नो मन्त्री पद गुमाएका एक मन्त्री ले भने मन्त्रीपरिषद पुनर्गठन भएको जानकारी आइतबार मात्रै पाएको बताएका छन् ।
समाजवादीले फिर्ता बोलाएका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले आइतबार मात्रै आफूले मन्त्रिपरिषद हेरफेरबारे जानकारी पाएको बताएका छन्।
‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त,’ उनले सामाजिक सञ्जाल फेसबुकमा तस्विर अवलोड गर्दै लेखेका छन्।
एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो।
एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।
नेपाली कांग्रेसले दुई मन्त्री र एक राज्यमन्त्री गरी तिनजना र नेकपा एकीकृत समाजवादीले २ राज्यमन्त्री र १ मन्त्रीलाई नयाँ नाम सरकारमा पठाएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम संसदिय दलका नेता डा.रणबहादुर रावल आन्तिरीक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त भएका हुन । यस्तै नेकपा एसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, भौतीक पुर्वाधार राज्यमन्त्री कुलविर चौधरी र अर्थराज्यमन्त्री अमर साउँद नियुक्त भएका छन । नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ ग्रहण गरेका थिए ।