• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख ११, २०८२
0
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

काठ्माण्डौ: सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ।

 

बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो।

 

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

 

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए।

 

उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। त्यसअनुसार नै आदेश जारी भएको हो।

 

शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्। यसले गर्दा कक्षा १२ को परीक्षामा पनि असर परेको र एसइईको नतिजामा समेत असर परेको उनको जिकिर थियो।

अदालतले पाँच वटा बुँदामा अन्तरिम आदेश जारी गरेको हो।

 

पहिलो बुँदामा शिक्षकहरूलाई तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमत रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू/ नगराउनू भनेर आदेश जारी गरेको छ।

त्यस्तै दोस्रोमा तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू भनेर पनि आदेश जारी गरेको छ।

तेस्रो बुँदामा शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने/सार्न नलगाउने भनेर आदेश जारी गरेको छ। यद्यपि कक्षा १२ को परीक्षा सरिसकेको छ।

चौथोमा आदेश कार्यान्वयनको प्रगतिबारे १४ दिनभित्र शिक्षा मन्त्रालयले प्रतिवेदन पेस गर्न आदेश दिएको छ।

‘उल्लिखित आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेस गर्नू र मुद्दा महाशाखा प्रमुखले उक्त प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २४ (२) (ख) बमोजिम इजलास समक्ष पेस गर्नू,’ आदेशमा भनिएको छ।

पाँचौं र अन्तिममा यो आदेशबारे विपक्षीहरूलाई जानकारी गराउन पनि आदेश भएको हो।

सम्बन्धित Posts

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक
अन्तराष्ट्रिय

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक

भदौ २५, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
देश/राष्ट्रिय

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

असार २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
देश/राष्ट्रिय

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

जेष्ठ २२, २०८२
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
देश/राष्ट्रिय

राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

जेष्ठ २१, २०८२
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग