धनगढी : कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा २२ वर्षका देवर पक्राउ परेका हुन । युवकले घरमै ढोका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा देवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











