डडेल्धुरा : डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना भएको छ ।
कैलालीको चुरे गाउँपालिका – ३ सल्लेरीमा बिपरित दिशाबाट आइरहेको धनगढीबाट बझाङ तर्फ गइरहेको सुपप्र ०२००१६ /१२५२ नम्बरको बस र डडेल्धुराको जोगबुडाबाट धनगढी तर्फ गइरहेको सुपप्र ०२००१ ज ५०७ नम्बरको इभि हाइस बिहान करिब १०:३० बजे तिर एक आपसमा ठोकिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी इभि हाइसमा सवार परशुराम नगरपालिका १२ बस्ने ९ बर्षिया प्रतिक्षा सिजा मगर, इभि चालक बर्ष २६ का कमल धामी र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका- १ बस्ने ३० बर्षिया निर्मला भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते तिनै जनाको अवस्था सामान्य रहेको र उनिहरुलाई घटना स्थलबाट उद्दार गरी उपचारको लागी धनगढी पठाइएको छ । इभि हाइस र बसमा सवार अन्य यात्रु सकुसल रहेका छन् भने घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।