डडेल्धुरा : डडेल्धुराको आलितालमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
आगामी महिना जेठ १५ र १६ गते दुई दिन आलिताल – ८ गोदाम बजार स्थित स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर देउवाले जानकारी दिनु भयो ।
आलिताल गाउँपालिका वडा नम्बर ८ को आयोजना, च्यारिटी हेल्थ फाउडेशन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने देउवाले बताए ।
शिविरमा नि:शुल्क आँखा चेक-जाँच तथा औषधी वितरण, मोतिबिन्दु तथा आँखामा मासु पलाएंका विरामीहरुलाईं निःशुल्क शल्यक्रिया, शल्यक्रिया भएका बिरामीहरुलाई निःशुल्क औषधी तथा कालो चस्मा वितरण र आवश्यक बिरामीहरुलाई नजिकको हेर्न मिल्ने चस्मा वितरण गरिने आयोजक वडा नम्बर ८ को कार्यालयले जनाएको जनाएको छ ।
आलिताल गाउँपालिका वडा नम्बर ८ द्वारा जारी गरिएको सुचना :