कैलाली : कैलालीको मोहन्यालमा ३२ बर्ष श्रीमतीले आपनै श्रीमानको हत्या गरेकी छन् । जिलाको मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा मगरले ४३ बर्षका श्रीमान नारायण थापा मगरको हत्या गरेकी हुन् ।
चुमा कुमारीले आइतबार राती १२ बजे तिर श्रिमान संगको विवाद पछि घरेलु हतियार हसिया प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यलय पणडौनमा आत्मसमर्पण गरे पछि मात्रै प्रहरिले सो घटना बारे जानकारी पाएको कैलली जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता बेद प्रसाद जोशीले जानकारी दिए ।
चुमााका श्रीमान श्रीमती विच लामो समयदेखी विवाद रहेको पनि बताइएको छ ।
अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ जाँदैछ। चुमा र नारायणबीच लामो समयदेखि विवाद रहेको प्रहरीले जनाएको छ।