• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कम्युनिष्ट युवाहरु निर्मम बन्ने बेला आएको छ : दिपेन्द्र ऐर

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ १५, २०८२
0
कम्युनिष्ट युवाहरु निर्मम बन्ने बेला आएको छ :  दिपेन्द्र ऐर

– दिपेन्द्र ऐर‌

हाम्रो देशमा राजनीतिक रुपमा हुने हरेक उतार चडाप र संसदीय सत्तामा पटक-पटक प्रहार हुने अथवा मुलुकमा अस्थिरता मच्चिरहने मुल राजनीतिक कारण भनेकै वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था हो। संसदीय राजनीतिक प्रणाली भएको जुनसुकै मुलुकमा पनि राजनीतिक उतावचडाप भईरहेको देख्न सकिन्छ । चाहे त्यो जातिय दन्द्व होस् वा एक मुलुकले अर्को मुलुकमाथि हुने राजनीतिक प्रहार हुन । यसकै सेरोफेरोमा रहेर नेपालको संसदवादी राजनीति वा संसदीय सत्ता हेर्ने हो भने अहिले चौतर्फी घेराबन्दीमा परेको छ् अर्को तर्फ यसै सत्ताको जगमा टेकेर एकथरी मान्छेहरु खुलेआम रुपमा लुटखसोट मच्चाईरहेका छन् यस्का उदाहरणहरु हेर्ने हो भने अहिले वर्तमान स्थितिमा सत्तामा भईरहनेहरु र उनका वरिपरि घुमिरहेकाहरुलाई हेरे पुग्छ ।

सत्ताका सेना प्रहरी वा रक्षकहरु भनेर प्रचलित भएकाहरु केवल यो बेथितिको प्रत्येक्ष र अप्रत्यक्ष रुपमा संरक्षण गर्ने काम मात्रै भईरहेको छ् न्यायलय त राजनीतिक आस्थाका आधारमा नियुक्ति र आस्थाकै भरमा हरेक निर्णय हुने गरिरहेको छ र खुलेआम लुटखोसट पनि मचाईरहेको छ ।

युवा शक्तिलाई यो देशमा टिक्नै नदिने नीति सरकारको छ ,टिकेका युवाहरुलाई पनि विभिन्न बाहनामा घुमाईरहेको पाईन्छ , यो जरजर अवस्थामा युवाहरुको राष्ट्र संकटमा पार्न बाट जोगाउन अहम भुमिका हुनुपर्ने त हो तर यो व्यवस्थाले नै बाह्य मुलुकहरु संग साटघाट गरेर सचेत केही प्रतिशत युवाहरुलाई लागूऔषध को लतमा पारेर त्यहि उनको जीवन तहसनहस पारेको छ् ती युवकहरु त्यो दलदलबाट मुक्त हुन नसकेको अवस्था हो र अर्को थरी युवा सत्ताको वरिपरि रहिरहने र उनकै जुठोपिरो खाएर उनकै संरक्षणमा लठ्ठ परेको छ उनलाई अन्य कुनैपनि पनि मतलब छैन् र एक थरी युवा यो सबै राजनीतिक लुटखसोठ देख्दादेख्दै पनि आफ्नो पारिवारिक दयनीय अवस्था पीडा भन्दा माथि उठन नसकेर विदेशी भुमिमा जान बाध्य छ र त्यसैमध्ये थोरै युवाहरु यो देशमा उनलाई चाहिने सेवासुबिधा र उनिहरुको योग्यता अनुसारको कर्म ऐशआराम नभेटेपछि उनी लाखौं करोडौं पैसा तिरेर भएपनि मानिने भिआईपि मुलुकहरुमा जान लस्कर लागिरहेका छन् ।  एकथरी युवा यस्तो अवस्थामा छ उनिहरुको घरतिर पनि चौतर्फी दयनीय अवस्था छ र पनि राष्ट्र माथिको चौतर्फी लुटखसोठ सहन नसकेर बिस्फोट हुने अवस्थामा छ विद्रोह गर्ने अवस्थामा छ् बेलाबखत गरिरहेको पनि देखिन्छ । त्यसकारण तपाई हामी ईमानदार क्रान्तिकारी कम्युनिस्ट युवाहरु यी तमाम समस्याहरुका बिचबाट पनि यो देशको शाहयक समस्या भ्रष्टाचार र कुशासन विरुद्ध लड्न सम्पूर्ण देशभक्त प्रगतिशील न्यायप्रेमी युवाहरु लाई गोलबन्द गर्दै भ्रष्टाचार र कुशासन विरुद्धको लडाइँ पहिलो चरणको लडाइँमा तपाई हामी क्रान्तिकारी कम्युनिस्ट युवाहरु निर्मम बन्नुपर्ने बेल आएको छ। तपाई हामी सुझबुझ पुर्णतरिकाबाट पहलकदमी लिएर यो देशमा भ्रष्टाचार र कुशासनमा लिप्त रहेका जुनसुकै क्षेत्र,वर्ग,धर्म भुगोलका हुन कुर्सिबाट थुतेर रोडमा घिसार्दै जनस्तरको प्रतिनिधित्व गर्दै आवश्यक जनकारबाही गर्ने बेला भएको छ ।  यो तपाई हाम्रो पहलकदमीले यो देशलाई जनसंघर्षको दिशातर्फ धकेल्छ र त्यो जनसंघर्षलाई तपाई हामीले जनविद्रोह परिणत गर्नुपर्छ अनि देशको प्रमुख समस्या वर्तमान दलाल पुजीवादी संसदीय सत्ताका विरुद्धको लडाइँका लागि चौतर्फी माहोल बनाउन अहम भुमिका खेल्नुपर्छ हरेक राष्टवाद देशभक्त सचेत नागरिकहरुलाई आवहान गर्दै सडक संघर्षमा होमिएर यो देशको दलाल चरित्रको संसदीय व्यवस्था जोले जनताहरुलाई, न स्वास्थ उपचार गराउन सकेको छ । न शिक्षा निशुल्क गर्न सकेको छ । न युवाशक्तिलाई रोजगारी दिन सकेको न जमिनमाथि जन्मसिद्ध अधिकार दिलाउन सकेको छ् । न शान्तिपूर्णतरिकाले बस्न खान दिएको छ् दिएको छ त केवल सत्तामा हुने तिनका जुठोपिरो खाएर हुर्केकाहरुलाई खुलेआम चौतर्फी लुटखसोठ,भ्रष्टाचारमा लिप्त कुशासनमा लिप्त,कमिशनमा लिप्त न्यायप्रणालि ध्वस्त मात्रै भोग्न पाएका छन जनताहरुले गम्भीर समस्या मात्रै देखाएर तपाईं हामी क्रान्तिकारी कम्युनिस्ट युवाहरुलाई छुट पाईदैन हामीले विकल्प सहितको लडाइँमा हामी छौ र  यस्को विकल्पमा हामीले भनेको वैज्ञानिक समाजजवादी व्यवस्था हो । जस्ले जनताहरुलाई जमिनमाथिको जन्मसिद्ध अधिकार दिन्छ ।

पुर्णरुपमा शिक्षा,स्वास्थ नि:शुल्क गर्दछ । युवाशक्तिलाई अर्थात हरेक जनताहरुलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम दिने प्रणाली को पुर्णरुपमा लागु हुन्छ् । यो समाजवादी व्यवस्था सत्तामा हुनेहरुले पनि भन्दै गरेको पाईन्छ तर सत्तामा हुनेहरु केवल भोट बैङक र जनता झुक्याउन भनेको पाईन्छ तर यस्कालागी सडक संघर्षमा भने हाम्रो पार्टी मात्रै रहेको जताततै देख्न सकिन्छ ।

लेखक दिपेन्द्र सिंह ऐर नेकपा महुमत निकट कम्युनिष्ट युवा संगठन नेपालका केन्द्रिय सचिव हुन् ।

सम्बन्धित Posts

समाजवाद !
विचार/ब्लग

समाजवाद !

साउन ६, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग