• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ २२, २०८२
0
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

Vaibhav Suryavanshi of Rajasthan Royals received Curvve Super Striker of The Season Award during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

काठमाडौँ । आइपीएलको १८औं सिजन समाप्त भएको छ । यस प्रतियोगिताको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ  । गएराती सम्पन्न फाइनल खेलमा बैंगलुरुले पञ्जावलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

हरेक पटक जस्तै यस पटक पनि उपाधि जित्ने टोलीमाथि पैसाको वर्षा भएको छ । च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरलाई पुरस्कारको रूपमा २० करोड भारु भएको छ । साथै, उपविजेता पञ्जाब किंग्सले १२.५ करोड भारु प्राप्त गर्यो ।

Royal Challengers Bengaluru celebrating win during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025
Photo by: s Saikat Das / Sportzpics for IPL

 

आईपीएलमा टोलीहरूलाई दिइने पुरस्कार रकम बाहेक, धेरै अन्य पुरस्कारहरू पनि दिइन्छ । यसमा ओरेन्ज क्याप, पर्पल क्याप, फेयर प्ले अवार्ड जस्ता पुरस्कारहरू समावेश छन् ।

 

फाइनल खेलको प्लेयर अफ द म्याच कृणाल पाण्ड्या बनेका थिए र उनले ५ लाख भारु पाएका छन् ।

त्यस्तै सिजनको उदाउँदो खेलाडी साई सुदर्शनले १० लाख पुरस्कार पाएका छन् । उनले यस आइपिएलमा गुजरात टाइटन्सबाट खेल्दै सबैभन्दा बढी ७५९ रन बनाएका थिए । त्यस्तै सिजनको सुपर स्ट्राइकर अफ द सिजनको उपाधि राजस्थान रोयल्सबाट खेलेका १३ बर्षिय वैभव सूर्यवंशीले गाडी प्राप्त गरेका छन् ।

Vaibhav Suryavanshi of Rajasthan Royals received Curvve Super Striker of The Season Award during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025
Photo by: s Saikat Das / Sportzpics for IPL

त्यसैगरी सिजनमा सबैभन्दा बढी ४० छक्का प्रहार गरेका लखनउ सुपर जाइन्टका निकोलस पूरनले १० लाख प्राप्त गरेका छन् भने सबैभन्दा बढी चौका प्रहार गर्ने साइ सुदर्शनले १० लाख भारु प्राप्त गरेका छन् ।  त्यस्तै यस सिजनमा सबैभन्दा बढी डट बल फाल्ने बलर मोहमद सिराजले १० लाख भारु प्राप्त गरेका छन् भने सबै भन्दा बढी क्याच लिने कामिन्दु मेन्डिसले पनि १० लाख भारु प्राप्त गरेका छन् ।

Royal Challengers Bengaluru celebrating win during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025
Photo by: s Saikat Das / Sportzpics for IPL

त्यस्तै यस सिजनको फेयर प्ले अवार्ड ट्रफी चेन्नई सुपर किंग्सले जितेको छ । त्यस्तै गरि यस सिजनमा सबैभन्दा बढी २५ विकेट लिएर गुजरातक प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख प्राप्त गरेका छन् भने धेरै रन बनाउने साइ सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख जितेका छन् ।

Sai Sudharsan of Gujrat Titans recived receiving Rupay On The Go season Award during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025
Photo by: s Saikat Das / Sportzpics for IPL

त्यस्तै यस सिजनको सबैभन्दा उत्कृष्ट खेलाडीको अवार्ड भने मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले जितेका छन् । उनले पुरस्कारस्वरूप १५ लाख प्राप्त गरेका छन् ।

सम्बन्धित Posts

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
खेलकुद

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

जेष्ठ २१, २०८२
अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी
खेलकुद

अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी

माघ २७, २०८१
सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक
खेलकुद

सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक

पुस ६, २०८१
एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी
खेलकुद

एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी

पुस ६, २०८१
शुदूरपश्चिम सहित नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै
खेलकुद

सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

पुस ३, २०८१
क्वालिफायरको पहिलो खेलमा सुदूरपश्चिम र जनकपुरबिच भिडन्त
खेलकुद

क्वालिफायरको पहिलो खेलमा सुदूरपश्चिम र जनकपुरबिच भिडन्त

पुस १, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

✍️ जनमुक्ति संवाददाता
अशोज २९, २०८२
0

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग