डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका संचालनमा रहेको पशु शिविरको पहिलो दिन आज ८४ जना कृषकले सेवा लिएका छन् ।
पालिकाको वडा नम्बर २ उणिकोटमा संचालित शिविरमा वडा नम्बर २ का ६८ जना, वडा नम्बर १ का १२ र वडा नम्बर ३ का ४ जना किसानहरुले आफ्ना पशु चौपायाहरुको नि:शुल्क उपचार गराएका छन् । शिविर भोली सम्म चल्ने वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिएका छन् ।
उक्त शिविर वडा नम्वर २ र सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खगराज भट्टको सचिवालयको सहकार्यमा माननिय डा. तारा जोशीको सचिवालयको आयोजनामा आज शुक्रबार देखी पर्सी आइतबार सम्म चल्ने छ ।
शिविरमा पशुहरूमा देखिने सामान्य समस्या, रोगको पहिचान, उपचार र खोपसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराइने बताइएको छ ।