आलिताल संवाददाता : डडेल्धुराको आलिताल गाउँपालिका – ५ बाहिरी सैनमा रहेको श्री बालकल्याण आधारभुत विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ। वि.सं २०४८ सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सूचक पुरा गरेपछि आज सोमबार एक कार्यक्रमकाबीच तीनतारे नमुना विद्यालय घोषण गरिएको हो।
दश सूचकमा खानेपानी, शौचालय, सफा, स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद जोखिम व्यवस्थापन, अनुगमन जवाफदेहिता रहेका छन्। डडेल्धुरा जिल्ला आलिताल गाउँपालिकाको दोस्रो विद्यालयका रुपमा उक्त विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको गरिएको जनाइएको छ ।
विद्यालय तिनतारे घोषणा कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद तथा समाजिक विकास समिति शुदुर पश्चिमकि सभापति कुन्ति जोशि “रेखा” रहेकि थिइन ।