डडेल्धुरा: डडेल्धुराको आलितालमा पालिका स्तरिय खुला भलिबल प्रतियोगिता हुने भएको छ ।
बिजया दशमीको अवसरमा आयोजित भलिबल प्रतियोगिता असोज ६ गते अर्थात् घटस्थापनाको दिन हुने आयोजकले जनाएको छ । आलिताल ४ का स्थानिय आफैले आर्थिक संकलन गरी उक्त प्रतियोगिता आयोजना गरिरहेका हुन् । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५ हजार पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ हजार तोकिएको छ भने मिति २०८२/०६/०६ गते ९ बजे सम्म खेलाडीहरुले टिम दर्ता गर्न पाउने छन् । खेलहरु कृष्ण कालिका माध्यमिक विद्यालय घरेलुको प्रांगणमा हुने छ ।
टिम दर्ताको लागी :
नबिन बिष्ट : ९८४७५१४८७३
भरत बोहरा: ९७६८८७८६८३८२