पदम जाेरा, डडेल्धुरा : डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाले बर्शौ देखीको छाडा पशु ब्यबस्थापन सुरु गरेकाे छ ।
नगरपालिकाकाे जाेगबुडा लालढुङ्गा र आस पासकाे वजारमा छाडा पशुहरुले स्थानीयकाे खाद्यान्न तथा तरकारी वाली नष्ट गर्दा स्थाानियहरुले ठुलाे पिडा सहनु परेकाे थियाे ।
पटक-पटक नगरपालिकाले छाडा पशु ब्यवस्थापन गर्नका लागि नगरसभा र कार्यपालिका बाट वजेट बिनियाेजन गर्ने गरेकाे भए पनि ब्यवस्थापनमा कठिनाई भएको नगर-प्रमुख भरत वडायर जाेशीले जानकारी दिए ।
आर्थिक बर्ष २०८२/०८३ काे विनियोजित वजेटबाट परशुराम ११ का १ जना स्थानीय शीत सम्झौता गरि छाडा पशु ब्यवस्थापन गर्न लागिएको उहाले जानकारी दिनु भयाे ।
शनिबार जाेगबुडामा रहेका करिब १सय बढि छाडा पशु ब्यवस्थापनका लागि परशुराम ११ पातल लगिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०८०/०८१ काे नगरकाे स्विकृत वजेट बाट परशुराम ५ परशुरामधाममा गौशाला निर्माण गरेकाे भए पनि उक्त गौशाला प्रयाेग बिहिन भएको छ ।
छाडा, पशु वजारमा हुने, गौशाला परशुरामधाममा छाडा पशु, पुगाउने, दाना, पानी ,घाँस , हेरालाकाे समस्या रहेका कारण गौशालाकाे प्रयाेग बिहिन भएको छ ।
यता परशुराम नगरपालिका वडा.न.१२, ले पनि छाडा पशु ब्यवस्थापन गर्न पहल थालेकाे छ, बिगतमा पशुहरुमा ट्याग लाउने अभ्यास असफल भएको छ , अब परशुराम वडा.न.१२ भित्र खरिद र बिक्रि हुने पशुहरुकाे फाेटाे सहितकाे प्रमाण राखेर थप कडाइ गरिने र वडाबाट सेवा सुबिधामा समेत राेक लगाउने वडा अध्यक्ष महाबीर कामीले वताए ।











