• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
कार्तिक २७, २०८२
0
फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै

काठमाडौँ: मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान । रामेछापको विकट गाउँ फूलासीमा जन्मिएकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको उदाहरणका रूपमा चिनिँदै गएकी छन्।

शिक्षाले नर्स भएता पनि चौहान पारिवारिक व्यवसाय भवानी ग्रुपको नेतृत्वमा ३० वर्षको उमेरमै स्थापित व्यवसायी हुन्। उनका अनुसार संस्थाले हाल तीन हजारभन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ। घरेलु उद्यम विस्तार र रोजगारी सिर्जनामा दिँदै आएको योगदानका कारण उनी युवा महिला उद्यमीको प्रतिनिधि स्वरूप स्थापित हुँदै गएकी छन्।

 

प्रतियोगितामा सहभागी हुन पाएको अनुभवबारे बोल्दै चौहानले भनिन्, “मिसेस नेपाल वर्ल्ड प्रतिस्पर्धा मेरो लागि केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मपहिचान र सिकाइको यात्रा हो। हार–जित प्रतिस्पर्धाको सामान्य प्रक्रिया हो। तर, यसले दिएको दृष्टिकोण र सिकाइले मलाई अझ तयार बनाएको छ।”

 

उनले परिवार, व्यवसाय र सामाजिक संलग्नता बीच सन्तुलन राख्दै महिलाको भूमिका घर–परिवारमा मात्र सीमित नहुने स्पष्ट सन्देश दिएको पाइएको छ। चौहानका अनुसार, प्रतियोगितामा सहभागी हुन श्रीमान भवानी ओझा र परिवारको प्रोत्साहन सबैभन्दा ठूलो आधार बनेको छ।

 

मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ। फाइनल चरणमा प्रवेश गरेसँगै चौहान हाल तयारी तीव्र बनाउँदैछिन्।

 

विशेषज्ञहरूको मूल्यांकनमा चौहान जस्ता युवा प्रतिभाले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेलेका छन्। ग्रामीण क्षेत्रमा जन्मिएर व्यवसायिक तथा सामाजिक क्षेत्रसम्मको उनको यात्रा धेरै महिला र युवाका लागि प्रेरणास्रोत मानिन्छ।

फूलासीको साधारण परिवेशबाट सुरु भएको बिध्या चौहानको जीवनयात्रा आज राष्ट्रिय स्तरको प्रतिस्पर्धासम्म आइपुगेको छ।

सम्बन्धित Posts

मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले
विशेष

मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले

साउन ९, २०८१
डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता
विशेष

डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता

फाल्गुन २०, २०८०
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
विशेष

चितवन घटना हत्या वा आत्महत्या के हो बाहिर ल्याइयोस् : ओली

फाल्गुन १९, २०८०
गोलि हानि पत्रकारको हत्या
अन्तराष्ट्रिय

पोल्याण्डमा छुरा प्रहारबाट नेपालीको हत्या

फाल्गुन १६, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उमेदवार हमाल विजयी : उपप्रमुख राना निर्वाचित
विशेष

धनगढीकाे मेयरमा स्वतन्त्र उमेदवार हमाल विजयी : उपप्रमुख राना निर्वाचित

जेष्ठ ८, २०७९
नेपाली कांग्रेसबाट डडेल्धुराको परशुराम नगरपालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु
विशेष

नेपाली कांग्रेसबाट डडेल्धुराको परशुराम नगरपालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु

चैत्र २६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग