• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

विप्लव नेकपालाई पनि चुनावमा सहभागी गराऔँ : कांग्रेस नेता महर

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २८, २०७८
0
विप्लव नेकपालाई पनि चुनावमा सहभागी गराऔँ : कांग्रेस नेता महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका पार्टीलाई पनि निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने बताएका छन्।

राष्ट्रिय सूचना आयोगले राजधानीमा सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा सूचनाको गलत प्रसारण, व्याख्या र अपव्याख्या विषयक कार्यक्रममा नेता महरले भने, ‘मुलुक लामो समय द्वन्द्वमा फसेर शान्ति प्रक्रियामा आइसकेको अवस्थामा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन सक्ने वातावर‌ण मिलाउनुपर्छ।’

सहिदको बलिदानबाट प्राप्त शान्ति र संविधानको रक्षा गर्दै मुलुकमा विकास गर्नुपर्ने बेला आएको बताए।
‘हामीले आजको दिन ल्याउन ठूलो संघर्ष गरेका छौँ। धेरैले ज्यानको आहूति दिनुभएको छ। देशमा शान्ति छाएको छ। संविधान आएको छ। देश समयमै निर्वाचन हुने प्रक्रियामा होमिएको छ। अब यी सबै उपलब्धिलाई संस्थागत गर्दै देश विकासमा लाग्नुपर्छ’, उनले भने। उनले अरु विषयमा नेताहरू र राजनीतिक दलहरूका बीचमा फरक मत भए पनि विकासको सवालमा भने एकमत हुनुपर्ने बताए।

‘सभामुखज्यू यहीँ हुनुहुन्छ। म उहाँमार्फत सरकारलाई सबै राजनीतिक दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउन आग्रह गर्न चाहन्छु’, नेता महरले भने, ‘मुलुक लामो द्वन्द्वपछि शान्तिप्रक्रियामा आएको छ। अब पनि मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुनुहुँदैन। तीनै तहको निर्वाचन सौहार्द वातावरणमा सम्पन्न होस्।’

नेता महरले सबैलाई सत्यतथ्य सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन्। भ्रमपूर्ण सूचनाले निर्वाचनलाई नै प्रभावित पार्ने भएकाले सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्न उनले आग्रह गरेका हुन्।

सम्बन्धित Posts

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१
डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन
Uncategorized

डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन

माघ २१, २०८१
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै
Uncategorized

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

माघ २१, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग