डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाले गत बर्ष झै यस बर्ष पनी वडाबाटै योजना सम्झौता गरिरहेको छ ।
हरेक नागरिकले नगरपालिकाले दिने सेवा सुविधा वडाबाटै अर्थात् आफ्नै गाँउघरबाट प्रदान गरि योजनामा जनताको उत्तरदायित्व, जवाफदेहिता, मितव्ययिता, पारदर्शिता र गुणस्तरियता कायम गर्ने उदेश्यले गत आर्थिक बर्ष देखि वडाबाटै योजना सम्झौता सुरु गरेको नगरप्रमुख भरत जोशी बडायरले बताउनु भयो ।
यस बर्ष बुधबार वडा नम्बर ७ को साँदनीबाट योजना सम्झौता सुरु गरिएको र क्रमशः अन्य वडामा पनी योजना सम्झौता गरिने उनले बताएका छन् ।
उता स्तानिय पनि नगर सरकारको यस्तो कदमले आफुहरुको समय बचतसँगै योजना समितिकोआर्थिकभार पनि कम भएको बताउछन् । आगामी दिहरुमा पनि यस कार्यलाई निरन्तरता दिन नगर सरकारलाई स्थानियको अनुरोध छ ।











