डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वार्ड नं ८ डोलामा रहेको श्री दुर्गा माध्यमिक विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ। वि.सं २०२७ सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सूचक पुरा गरेपछि मंगलबार एक कार्यक्रमकाबीच तीनतारे नमुना विद्यालय घोषण गरिएको हो।
दश सूचकमा खानेपानी, शौचालय, सफा, स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद जोखिम व्यवस्थापन, अनुगमन जवाफदेहिता रहेका छन्। डडेल्धुरा जिल्लाकै चौथो विद्यालयका रुपमा उक्त विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको दाबी गरिएको छ।
प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ्गले प्रत्येक विद्यालयमा खानेपानी शौचालय निर्माण र आईसीटी ल्याव स्थापन गर्ने बताएका छन् ।