डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेले उम्मेदवारहरुको टुङ्गो लगाएको छ । वडा नं ५ मा एमालेले सर्बसम्मत उमेदवारहरुको टुङ्गो लगाएको नेकपा एमालेका आलिताल गाउँपालिका इञ्चार्ज प्रकाश बोहराले इ-नयाँ बिचार डटकमलाई जानकारी दिनुभयो ।
पार्टीले वडा अध्यक्षका लागी प्रकाश बोहरा, महिला सदस्यमा कमली बिष्ट, खुल्ला महिला सदस्यमा रत्ना साउद र पुरुष सदस्यमा कृष्ण बहादुर मडैको टुङ्गो लगेको हो ।
यस्तै दलित महिला सदस्यमा पद्मा सार्कीलाइ
चुनावि मैदानमा उतार्ने नेकपा एमालेले जनाएको छ । अध्यक्ष बोहरा र सदस्य साउद यस अघि पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।