• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

क्रान्तिलाई विजयी बनाउन नयाँ कार्यनीतिको विकास गरेका हौँ : विप्लव

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र ३०, २०७८
0
चुनाबमा जाने भनेको संसदवादमा जाने होइन , केहि स्थानीय निकाय आफुले लिएर हस्तक्षेप गर्ने हो : विप्लव

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको विश्वको शक्ति सन्तुलन तथा विकसित अन्तरविरोध, मुलुकको वर्गिय एवम् राजनैतिक शक्ति सन्तुलनको विशिष्ट स्थिति र नेपाली क्रान्तिको विजयका लागि पार्टीले अहिलेको कार्यनीति लिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन र मोर्चाद्वारा मंगलबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

उनले भने, `हामीले नेपालमा समाजवादी क्रान्तिलाई अगाडि बढाउन एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सारेका छौँ, यो कार्यदिशा अनुसार रणनीति र कार्यनीति विकास गर्न जरुरी हुन्छ, हामीले जनयुद्ध र जनबिद्रोह जस्ता दुवै कार्यदिशाका सार्वभौम मान्यताहरुलाई आत्मसात गर्दै नेपाली मौलिकता र आजको प्रधान अन्तरविरोधलाई हल गर्न नयाँ कार्यदिशाको विकास गर्नै पर्थ्यो, त्यो गर्यौ । शुरुमा हामीले पार्टीलाई पुनर्गठन गर्दा मानिसहरुले हामीलाई मन्त्री नपाएर विद्रोहको कुरा गरेका हुन् भने त्यसपछि हामी अगाडि बढ्दै गएपछि यिनीहरु दरबार वा भारत वा कुनै अदृश्य शक्तिबाट परिचालित छन् पनि भने त्यो पनि समयक्रममा खण्डित हुँदै गयो र अहिले हामीले चुनावी कार्यनीति लिएपछि यिनीहरु संसदवादी भए भन्ने हल्ला गरिरहेका छन्, यो एउटा क्रान्तिकै मोर्चा हो, समयका हिसाबले यो मोर्चा एक डेढ महिनाको मोर्चा हो, यसलाई हामीले सफल पार्नुपर्छ, साम्राज्यवादीहरु हाम्रा विरुद्ध सबै मोर्चा र तरिकासहित आइरहेका छन्, हामीले कुनै एउटा मात्रै मोर्चाबाट मात्रै विजय हासिल गर्नै सक्दैनौँ ।´
एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने, `सरकारसङ्ग भएको तीन बुँदे सहमतिको कार्यान्वयन नगर्दै हाम्रा नेता कार्यकर्ताहरुलाइ जेल र हिरासतमै राखेर हामीले उठाउदै आएका मुलुकका विद्यमान समस्या र मुद्दाहरुलाई हल गर्नेबारे हामीसङ्ग न्युनतम समझदारी नै नगरी स्थानीय तहको चुनावको बारेमा सरकारले सोच्नु शान्ति प्रक्रिया प्रतिको बेइमानी हो, यसले मुलुकमा फेरि समस्या निम्त्याउछ । यसप्रति गम्भीर हुनुहोस् भनेर सरकारलाई समेत हामीले भनेका छौँ ।´
पार्टीको केन्द्रिय समितिको १२ औँ बैठकले अघि सारेका आगामी योजनाबारे प्रशिक्षण मन्तव्य राखिसकेपछि लिखित प्रश्न उत्तर गर्दै अन्तरक्रियासहित सम्पन्न भएको कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य अनिल शर्मा बिरहीले गरेका थिए । कार्यक्रमको सन्चालन केन्द्रिय सदस्य चिरन पुन मिलनले गरेका थिए । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्यहरु बन्धु चन्द, आधार, खुमा सुवेदी र सुशीलको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित Posts

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय
राजनीति

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय

पुस १०, २०८२
कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
राजनीति

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

भदौ २५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

असार २७, २०८२
नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग