डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको भनि हिजो बिभिन्न संञ्चार माध्यममा समाचार आएका थिए। कांग्रेसको निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरिरहेको भनि सञ्चार माध्यमले लेखेका छन् । सोहि समाचारलाई खण्डन गर्दै बागि उमेदवार भनिएका आलिताल कांग्रेस नेता धनबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट अध्यक्ष पदका दाबेदार धन बहादुर देउवाले आफु बागि उमेदवार नभएर पार्टीको आधिकारिक उमेदवार हुने दावि गरेका छन् । पछिको समय प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपालि कांग्रेस भित्र आएको आन्तरिक खटपटले समाजिक सञ्जाल र सञ्चार माध्यममा कांग्रेसका स्थानीय तहमा दावेदार नेताहरुका बिषयमा बिभिन्न समाचारहरु आइरहेका छन् ।
सोहि क्रममा आलिताल गाउँपालिकाको बैशाख ३० मा हुने स्थानिय निर्बाचनमा पालिका अध्यक्ष पदको दाबेदारी प्रस्तुत गर्दै आएका नेपाली कांग्रेसका नेता धन बहादुर देउवाको बारेमा पनि विभिन्न अनलाईन पत्रिकाबाट हिजो मंगलबार नेपालि कांग्रेस डडेल्धुरा आलितालका बागि उमेदवार भनि फोटो सहित समचार आएको थियो ।
धन बहादुर देउवाले प्रेस विज्ञप्ति यस्तो लेखेका छन्
यस्तो थियो उक्त समाचार
https://nepalkhabar.com/politics/126625-2022-4-12-18-3-9