जनताको साथ र योजना बिना
युवा,किसान,बिध्यार्थी र महीला
युद्ध, बर्ग संघर्ष को सारथि नभई
बिद्रोह र क्रान्तिको बाटो नपछ्याई
आउने समाजवाद त्यो कस्तो समाजवाद
संसदवादीसङ्ग एकता गरेर
बर्ग बेेैरीहरुको किल्ला भित्र
जमिन्दारको जमिनमा हलो जोतेर
पुजीवादीहरुसङ्ग एकता गरेर
ल्याउने समाजवाद त्यो कस्तो समाजवाद
आफ्नो बर्ग र धरातल बिर्सेर
जनताको साथ र माया बिना
सङ्गी र सारथीको हात र काध बिना
बन्दुकका बिरुद्ध बन्दुक न उठाई
आउने समाजवाद त्यो कस्तो समाजवाद
जताततै चर्चा छ आज
चोक चोक र गल्लिहरुमा
सबै सबैले समाजवाद भन्छन
क्रान्ति र बिद्रोहको ईतिहास त पढ
अनि भन समाजवाद कसरी आउछ भनेर
यस कविताका लेखक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य क. तपेन्द्र तिमिल्सिना “संघर्ष” हुन।