डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ स्थित उणिकोट माध्यमिक विद्यालयले एसइइ उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसइइ परिक्षामा सहभागि भएर उत्तिर्ण हुने विद्यार्थीलाई नगद सहित खादा माला र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
उत्तिर्ण विद्यार्थीहरुलाई १५ सय देखी ५ हजार नगद वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयका सम्पुर्ण शिक्षक / शिक्षिकाहरुलाई पनि खादा माला लगाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद मल्लले बताएका छन् । उनले विद्यालयका शिक्षक/शिक्षिकाहरुलाई अगामी दिनमा अझै विद्यालयको लागि महेनति र कर्मनिष्ठ भएर लाग्न समेत अनुरोध गरेका छन् ।