• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

उनिहरु ६ लाख ७५ हजार धरौटीमा रिहा भएका हुन् ।

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार २७, २०८२
0
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

डडेल्धुरा: इँटा भट्टामा मान्छेलाई जिउँदै जलाएर हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कालोमोसो दल्ने नेकपा बहुमतका युवाहरु रिहा भएका छन् ।

जेठ २९ गते न्यायाधीशद्वयमाथि कालोमोसो प्रहार गर्ने नेकपा बहुमतका कार्यकर्ताहरू गर्भु महतो, पदम बहादुर मगर र अविनश भन्ने किशोर कुवँरलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।

उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको २६ दिनको  हिरासतमा बसाई र ३ दिन कारागार बसाई पछि आज शुक्रबार रिहा भएका हुन् । असार २५ गते बुधबार जिल्ला अदालत पर्साले तिनै जनालाई जनही २ लाख धरौटीमा रिहाई गरेपनि अभद्र व्यवहारमा उच्च अदालत विरगंजमा पनि मुद्दा दायर गरिएको थियो । उच्च अदालत बिरगंजले आज शुक्रबार तिनै जनालाई जनही ७५ हजार धरौटीमा रिहाई गरेको हो ।

इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए।

पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको कसुरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो। त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।

 

सम्बन्धित Posts

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
सुदूरपश्चिम

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

अशोज १८, २०८२
आज पनि बर्षा हुने, सतर्क रहन आग्रह
सुदूरपश्चिम

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

अशोज १८, २०८२
धनगढीको एक पसलमा आगलागी
सुदूरपश्चिम

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

अशोज १५, २०८२
सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}
सुदूरपश्चिम

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

अशोज १४, २०८२
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
सुदूरपश्चिम

डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्र तयारी कक्षाहरु संचालन गर्ने

अशोज १०, २०८२
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-४ मा पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

अशोज ४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग