• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

देश बेचेर खाने दलालहरुको विरुद्धमा बल प्रयोग हुनेवाला छ: विप्लव

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २४, २०७८
0
देश बेचेर खाने दलालहरुको विरुद्धमा बल प्रयोग हुनेवाला छ: विप्लव

हेमन्त प्रकाश वली। चैत्र २४,चितवन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देश बेचेर खाने दलालहरुको विरुद्धमा बल प्रयोग हुने बताएका छन।
नेकपा चितवनद्वरा आयोजित आज बिहीवार ऐतिहासिक जनआन्दोलन दिवसको सन्दर्भमा महंगी,भ्रष्टाचार,राष्ट्रघात र एमसिसी विरुद्धको जनसभालाइ सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन।

महासचिव विप्लवले राष्ट्रघाती एमसिसिलाई रोक्न खोज्दा सेना,प्रहरी आफ्नो पार्टीका विरुद्ध नभइ देश बेच्ने दलालहरुका विरुद्धमा हुनुपर्ने धारणा राखेका थिए। विप्लवले भने – ‘ सेना प्रहरीले एमसिसीलाई रोक्न खोज्दा हाम्रो पार्टीका विरुद्धमा बल प्रयोग गर्ने होइन,बल प्रयोग देश बेचेर खाने दलालहरुको विरुद्धमा हुनेवाला छ।’

चैत्र २४ निरंकुश,निर्दलिय, तानाशाही पंचायती व्यवस्थाको विरुद्धमा जनताले बिद्रोह गरेको नेपाली मुक्तिकामी जनताको प्रीय दिन भएको भएको विप्लवको भनाइ थियो।
चैत्र २४ गते जनताले व्यवस्था मात्र ढाल्न खोजेका होइनन भन्दै विप्लवले भने – ‘ जनताले व्यवस्था मात्रै होइन जनताका बैरी,शोषक,अत्याचारी,बिदेशी दलाल,साम्राज्यवादि,उपनिबेशबादीहरुलाइ ढाल्न चाहेका थिए त्यो अझै पूरा भएको छैन।’

पंचायत ढलेर केही परिवर्तन भएको,महान जनयुद्धमा कयौं परिवर्तन भएको तर जालिफटाहा,सामन्तवाद,शोषण,दमन,उत्पीडन,बिभेद,अस मानता कायम रहेको र मुलभुतमा रुपमा जनताले आफ्नो सत्ता प्राप्त नगरेको बताएका थिए। युवा,बिद्यार्थी,महिला,किसान,मजदुर,पत्रकार,बुद्दिजिवी लगाएत जनताको जिवनमा कुनै परिवर्तन नभएको बताउदै विप्लवले लडाइ जारी रहेको उद्घोष गरेका थिए।

महासचिव विप्लवले यो दलाल पुजीवादी संसदीय व्यवस्थालाई संसदवादीहरुले निर्विकल्प भनेपनी,जबर्जस्त नेपाली जनताको थाप्लोमा लाद्न खोजेपनी एकदिन पुजीवादी व्यवस्थालाई गाड्ने समय आउने जिकिर गरेका हुन।

हेपिएर,थिचिएर,निस्सासिएर मर्नु हुदैन विप्लवले भने ,‘ पंचायत ढल्यो,राजतन्त्र ढल्यो,चैत्र २४ ले ढाल्न खोजेको दलाल शासकको पनि दिन आउँछ र त्यस दिनको प्रतीक्षामा हामी छौं र नेतृत्व पनि गर्छौ।’

एमसिसी मार्फत देशलाइ निल्न अमेरिकी साम्राज्यवाद नेपाल छिर्न खोजेको विप्लवको भनाइ थियो। विप्लवले कथित संसदहरु व्यापारी भएर कानुनी रुपमा देश बेच्न खोजेपनी शक्तिशाली जनताले एमसिसि कुनैपनी हालतमा कार्यान्वयन हुन नदिने स्पष्ट बताएका थिए।
एमसिसिको कारणले गर्दा दीर्घकालीन रुपमा यो देशको हालत युक्रेनको जस्तो हुने विप्लवको धारणा थियो।
महंगीले सिमा नाघेको,अर्थतन्त्र गम्भीर संकटमा परेको बताउदै महासचिव विप्लवले यी सबै संकटको कारण दलाल पुजीवादी सत्ता भएको बताए।

आगामी स्थानीय निर्वाचनको विषयमा पार्टीको वारेमा अनेकन टिकाटिप्पनी,भ्रम र अडकलबाजीको बारेमा बोल्दै महासचिव विप्लवले आफ्नो पार्टीले दलाल पुजीवादी सत्तालाई कहिल्यैपनि स्वीकार गर्न नसकिने जिकिर गरेका थिए। विप्लवले आफ्नो पार्टी विरुद्ध विभिन्न घेराबन्दी भएपनि आफुहरु नझुक्ने चेतावनी समेत दिएका थिए।

महासचिव विप्लवले भने– ‘चुनाव नै गर्ने हो भने संसदको चुनाव होइन व्यवस्थाको चुनाव गरौं।’
महासचिव विप्लवले प्रधानमन्त्री शेर बहादुर देउवासंग हिम्मत भए व्यवस्थाको चुनाव गर्न उद्घोष गरेका थिए।
दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विसयमा जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने विप्लवको भनाइ थियो।

महासचिव विप्लवले आगामी स्थानीय निर्वाचनमा देश बेच्ने दलालहरु,एमसिसी पक्षधर,राष्ट्रघाती ,जनघातीहरुलाइ लखेट्न निर्देशन समेत दिएका थिए। उनले जनतालाइ अपिल गर्दै भने– ‘ चुनावमा गाउगाउबाट दलालहरुलाइ लखेट्नुस,सक्नुहुन्छ दलाल पुजीवादी संसदीय व्यवस्थालाई खारेज गर्ने तहसम्म भण्डाफोर गर्नुस नत्र अहिले हामिले नया भनेका छौं गाउगाउमा एमसिसि बिरोधि,राष्ट्रबादी,देशभक्त,सुकुम्बासी,मजदुर,किसानलाई चुनावमा उठाउनुस र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्नुस।’

नेकपा चितवनका सेक्रेटरी मीन प्रसादको अध्यक्षतामा भएको जनसभामा नेकपाका केन्द्रीय सदस्य एवम चितवन जिल्ला इन्चार्ज सन्देश,नेकपा केन्द्रीय सदस्य एवम अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष बन्धु चन्द,पार्टी केन्द्रीय सदस्य सुन्दर वली,नेकपा बिशेष कमिटी सदस्यहरु उत्तम,ध्रुब र रुद्रको आतिथ्य रहेको थियो।
जनसभामा सहिद परिवार समाजका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष हरी पोख्रेलको समेत आतिथ्य रहेको थियो।

सम्बन्धित Posts

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१
डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन
Uncategorized

डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन

माघ २१, २०८१
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै
Uncategorized

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

माघ २१, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग