डडेल्धुरा : एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई राजावादी आन्दोलनकारीहरुले जिउँदै जलाएपछि त्यसको बिरोधमा देशभरीका पत्रकार उत्रिएका छन् । पत्रकार जलाउनुका साथै बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएपछि त्यसका बिरुद्ध पत्रकारहरु बिरोधमा उत्रिएका हुन् ।
सोही घटनाका कारणमा नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत भएको हो । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो । तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो । पत्रकार महासघंको केन्द्रिय कार्यतालिका अनुसार डडेल्धुरामा पनि बिरोध कार्यक्रम गरिएको छ ।
डडेल्धुरामा पत्रकार महासंघको कार्यालय देखी डडेल्धुरा बागबजार बसपार्क हुँदै भिमदत्त चोकमा कोणसभा गरिएको छ। नेपाल पत्रकार महासघं डडेल्धुराको आयोजनामा बिरोध र्याली सहित बिरोधसभा आयोजना गरिएको हो ।