• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन ९, २०८१
0
मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले

file photo

काठमाडौँ । मस्तिष्क हाम्रो शरीरको निकै अहम् अंग हो । यसको उचित हेरचाह गर्न निकै जरुरी छ । तर हाम्रा यस्ता केही बानीहरू छन् जसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको हुन सक्छ ।

मस्तिष्कको स्वास्थ्य हुनु सम्पूर्ण शरीरको लागि कत्तिको महत्त्वपूर्ण छ भन्ने त हामी सबैलाई थाहा छ । मस्तिष्क शरीर र दिमागको नियन्त्रण केन्द्र हो । यस्तो अवस्थामा यसबारे अलि बढी सचेत हुन जरुरी छ । तर, जानीजानी वा नजानेर हामी केही यस्ता काम वा गल्ती गर्छाैं जसले हाम्रो मस्तिष्कलाई हानि पुर्‍याइरहेको हुन्छ ।

निद्राको कमी

निद्राको कमी मस्तिष्कको लागि धेरै हानिकारक हुन सक्छ । हामी पर्याप्त मात्रा निदाएनौँ भने मस्तिष्कले राम्ररी काम गर्दैन । एकाग्रता, स्मरणशक्ति र मानसिक क्षमतामा कमी ल्याउन सक्छ । लामो समयसम्म निद्राको कमीले डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याउन सक्छ ।

अस्वस्थ खानपान

खराब खानपान पनि मस्तिष्कका लागि हानिकारक हुन सक्छ । धेरै चिनी, जंक फूड र चिल्लोयुक्त खानेकुराको सेवन मस्तिष्कको लागि हानिकारक हुन सक्छ । यी खानेकुराले मस्तिष्कको कार्यलाई असर गर्न सक्छ र अल्जाइमर जस्ता न्यूरोलोजिकल रोगहरूको जोखिम बढाउन सक्छ ।

तनाव लिने

धेरै तनाव पनि मस्तिष्कको लागि हानिकारक छ । हामी निरन्तर तनावमा रहन्छौँ भने हाम्रो मस्तिष्कले कोर्टिसोल जस्ता तनाव हार्माेन उत्पादन गर्छ । जसले मस्तिष्क कोशिकाहरूलाई क्षति पुर्‍याउँछ । स्मरण शक्तिमा कमी आउने, निर्णय गर्ने क्षमता कमजोर हुने र मानसिक स्वास्थ्य समस्या निम्तने हुन सक्छ ।

शारीरिक गतिविधिमा कमी

शारीरिक क्रियाकलापको कमीले पनि दिमागमा असर गर्छ । नियमित व्यायाम गर्नाले मस्तिष्कमा रगतको प्रवाह बढ्छ, जसले मस्तिष्कको काममा सुधार गर्छ । हामी शारीरिक क्रियाकलापबाट टाढा रहँदा यसले मस्तिष्कको कार्यमा गिरावट आउँछ भने र मस्तिष्कसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ ।

धेरै लामो समय स्क्रिन हेर्ने

लामो समयसम्म मोबाइल, कम्प्युटर वा टिभीक हेर्नु मस्तिष्कका लागि हानिकारक हुन सक्छ । यसले आँखाको समस्या त निम्त्याउँछ नै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि कमी ल्याउन सक्छ । यसबाहेक, नीलो प्रकाशको अत्यधिक एक्सपोजरले पनि निद्राको गुणस्तरलाई असर गर्न सक्छ ।

मस्तिष्कलाई स्वास्थ्य राख्न यस्ता बानी त्याग्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर हामी आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न सक्छौँ ।

सम्बन्धित Posts

डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता
विशेष

डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता

फाल्गुन २०, २०८०
एमाले अध्यक्ष ओली डडेल्धुराको परशुराम आउँदै
विशेष

चितवन घटना हत्या वा आत्महत्या के हो बाहिर ल्याइयोस् : ओली

फाल्गुन १९, २०८०
गोलि हानि पत्रकारको हत्या
अन्तराष्ट्रिय

पोल्याण्डमा छुरा प्रहारबाट नेपालीको हत्या

फाल्गुन १६, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उमेदवार हमाल विजयी : उपप्रमुख राना निर्वाचित
विशेष

धनगढीकाे मेयरमा स्वतन्त्र उमेदवार हमाल विजयी : उपप्रमुख राना निर्वाचित

जेष्ठ ८, २०७९
नेपाली कांग्रेसबाट डडेल्धुराको परशुराम नगरपालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु
विशेष

नेपाली कांग्रेसबाट डडेल्धुराको परशुराम नगरपालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु

चैत्र २६, २०७८
डडेल्धुरा आलिताल ६ वडा अध्यक्षमा बिष्णु बिष्टको स्वतन्त्र उमेदवारी, किन छोड्दैछन पार्टी ?
विशेष

डडेल्धुरा आलिताल ६ वडा अध्यक्षमा बिष्णु बिष्टको स्वतन्त्र उमेदवारी, किन छोड्दैछन पार्टी ?

चैत्र २६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग