मिना कुमारी साउद/डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुरा द्वारा आलितालका किसानलाई कृषि यन्त्र वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच आलिताल गाउँपालिका वार्ड नं ३ का किसानलाई उक्त समाग्रीहरु वितरण गरिएको हो ।
मुख्यमन्त्री कृषि नमुना गाउँ योजना लागु भएका डडेल्ले , रक्सौन , धारितोला, झोता र कान्तिपुरका किसानलाई सो समाग्री वितरण गरिएको हो ।
मिनी टिलर, पावर विडर, स्प्रेयर, क्रेट, थोपा सिँचाइ ड्रम, सिचाई पोखराको लागि प्लास्टिक र सिचाईको लागि पाईप वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।