डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिममा एक जनाले स्वतन्त्र उमेदवारी दर्ता गराइएका छन् । नेपाली काङ्ग्रेस आलिताल गाउँपालिका वार्ड नं २ का वडा कमिटी सदस्य समेत रहेका बिर बहादुर मल्ले स्वतन्त्र उमेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत मदनराज जोशिले बताएका छन् ।
नेपाली काङ्ग्रेसबाट राजनिति गरेको दशकौं भए पनि आफुलाई पार्टीले मुल्यांकन नगरेको उनको भनाइ छ । पार्टीमा टिकेट दिदा आसेपासे , नातेदार र पैसा वालालाई मात्र हेरेर टिकट दिएको बताए । आफुसंग जनमत रहेको र आफुले वडा अध्यक्षमा सहजै चुनाव जित्ने उनको दावी छ ।
पार्टीले भने वडा अध्यक्षमा प्रमोद मल्ललाई उमेदवार बनाउने निर्णय गरेको छ ।
पछील्लो समय नेपाली कांग्रेस डडेल्धुरामा कार्यकर्ताहरु बिच चर्को असन्तुष्टि रहदै आएको छ । देउवाको नेतृत्व प्रति असन्तुष्ट कर्ण मल्ल पक्षले पनि आज नै नेपाली कांग्रेस पिबिबाट उमेदवारी दर्ता गराउँदै छ ।